सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा निशुल्क आँखा शिविर सम्पन्न
बुटवल ५ हाटबजारस्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
कर्पाेरेट सेासियल रेष्पाेन्सबिलिटी सीएसआरको आयोजनामा शिविर भएको हो। अध्ययनरत १७० जना बिद्यार्थीले निशुल्क लाभ लिएको संयोजक तारा ज्ञवालीले बताउनुभयो ।
बिद्यार्थीको आँखा स्वास्थ्य निकै संवेदनशील हुने भएकाले यसको सुरक्षा र हेरचाहमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।सो अबसरमा क्याम्पस प्रमुख बिष्णुप्रसाद राना,प्राध्यापक संघ सभापति गोपाल चापागाईं लगायतले बोल्नुभएको थियो ।
शिबिरमा लायन्स आँखा अस्पतालको प्राविधिक सहयाेग रहेको छ ।
श्रोत नागरिक अनलाईन