Entrepreneurial Journey Sharing Program
बुटवल स्थीत सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा अन्तराष्टिय युवा दिवसको अवसर पारेर Nepalese Young Entrepreneur’s Forum (NYEF) Rupandehi Chapter र सिद्धार्थ गौतमबुद्ध क्याम्पसको संयुक्त आयोजनामा Entrepreneurial Journey Sharing कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसका युवा विद्यार्थीलाई लक्षित गरेर गरिएको ऊक्त कार्यत्रममा उद्यमी व्यवसायीहरुले आ आफ्नो व्यवसायकी अनुभव विद्धार्थीहरु विच साटेका थिए । कार्यक्रममा प्यानल डिस्कसन मार्फत विद्यार्थीहरुका जिज्ञासहरुको समेत सम्बोधन गरिएको थियो । NYEF रुपन्देहीे च्याप्टरका अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षता मा चलेको ऊक्त कार्यत्रमा प्रमुख अतिथि क्याम्पसका क्याम्पस प्रमुख विष्णु प्रसाद रानाले युवाहरु उद्यमसिलतामा अग्रसर हुन सकेको खण्डमा बढ्दो वैदेशिक पलायनको स्थितिलाई रोक्न सकिने र NYEFले सञ्चालन गरेका यस्ता कार्यक्रमहरुले केही हदसम्म भएपनि उधमी बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा युवा उद्यमीहरु सुमन वस्याल, आभुषण खनाल, विकास पालिखेले प्यानल डिस्कसन मार्फत विद्यार्थीहृरुको जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो भने प्यानल डिस्कसनमा मोडरेटर प्रविना घिमरेले गर्नुभएको थियो । क्याम्पसका सहायक क्याम्पस प्रमुख मनोज प्रसाद सापकोटा र रमेश प्रसाद पाण्डे तथा रोजगार व्यवस्थापन तथा विद्यार्थी सपोट समितिका संयोजक रामनाथ उपाध्याय लगायतका प्राध्यापक र करिव २०० जना विद्यार्थीहरु सम्मिलित कार्यक्रको सञ्चालन मनिश श्रेष्ठले गर्नुभएको थियो । सो कार्यक्रममा NYEF रुपन्देही र सिद्धार्थ गौतमबुद्ध क्याम्पस विच कार्यगत एकता गर्नकालागि MOU पनि भएको थियो । QAA प्रमाणपत्र प्राप्त सो क्याम्पसमा हाल व्यवस्थापन र शिक्षा सास्त्र संकायमा स्नातक तह तर्फ BBS, B.ED तथा स्नातकोक्तर कार्यत्रम MBS , M.ED तहमा गरि ३००० बढि विद्यार्थीहरु अध्ययनरत छन ।